दफा १०
विश्वविद्यालयको संगठन

(१) कुलपति, उपकुलपति, रजिष्ट्रार, डीनहरू र सम्बन्धन प्राप्त कलेजहरूको सामुहिक रूप नै विश्वविद्यालयको स्वरूप हुनेछ ।

(२) उच्च शिक्षाको लागि तोकिएको विषयहरूमा तोकिएका स्कूलहरू रहनेछन् ।

(३) स्कूलहरूको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

(४) कलेजहरू सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।